मधेस प्रदेश समाचार समाज

धर्मिहल्फा महिला विकासद्वारा ग्यास लिग भई घाइते कञ्चनरुपका श्रेष्ठलाई राहत प्रदान

कञ्चनरुप, १६ असार । धर्मिहल्फा महिला विकास क्लब लालपट्टी सप्तरीले अग्निपिडित खड्ग नारायण श्रेष्ठलाई राहत वितरण गरेको छ ।
सप्तरीको कञ्चनरुप नगरपालिका वडा नम्बर–१२ श्रावणपुरका आगलागीबाट घाइते श्रेष्ठलाई क्लबले शनिबार एक कार्यक्रमबीच राहत वितरण गरेको हो ।
क्लबको अध्यक्ष समाजसेवी इन्जिनियर सूर्य नारायण यादवले पिडितको घरमै पुगेर त्रिपाल, झुल, लत्ताकपडा, भाँडाकुँडा लगायतका सामाग्री राहत स्वरुप प्रदान गर्नुभयो ।
राहत वितरण कार्यक्रममा स्थानीय इलाका प्रशासन कार्यालय लहान सिरहामा कार्यरत नासु धर्मेन्द्र खडगा, आदिवासी जनजाति पत्रकार महासंघ मधेश प्रदेश समितिका महासचिव बृजमान तामाङ, स्थानीय सञ्चारकर्मी उत्तम आचार्य लगायतका स्थानीयबासीहरुको उपस्थिति रहेको थियो ।
गत असार २ गते ग्यास लिग भई घरमा आगलागी हुँदा श्रेष्ठ गम्भीर घाईते हुनुभएको थियो । ग्यास लिग भई घाइते श्रेष्ठको खुट्टा, टाउको लगायतका शरीरभरि आगोले पोलेको थियो ।

श्रेष्ठ भर्खरै विराटनगर स्थित रेडक्रस अस्पताल विराटनगरबाट उपचार गरि घर फर्कनु भएको छ । उपचारको क्रममा ५ लाख खर्च हुँदा समेत अझै पुर्ण रुपमा घाउ निको भईनसकेको पिडित श्रेष्ठलेले बताउनु भयो ।
घरमा एक महिनाको लागि औषधी ल्याएर सेवन गरिरहेको घाइते श्रेष्ठले बताउनु भयो । ग्यास लिग भइ आगलागी हुँदा श्रेष्ठको घरमा समेत लाखौंको क्षती भएको थियो ।
सो राहत वितरण कार्यक्रममा नायव सुब्बा धर्मेन्द्र कुमार खडगा, आदिवासी जनजाति पत्रकार महासंघ मधेश प्रदेश समितिका महासचिव बृजमान तामाङ ,पत्रकार उत्तम आचार्यलाई खादा लगाएर संस्थाको अध्यक्षले सम्मान समेत गर्नुभएको थियो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page