आइतबार, २३ कात्तिक २०८३ राशिफल पात्रो विनिमय दर
सप्तरी, मधेस र देशभरका ताजा खबर आइतबार, २३ कात्तिक २०८३
समाज

कञ्चनरुप–१२ चर्खियामा विषालु सर्पले डसेर पाँच वर्षीय बालकको मृत्यु

कञ्चनरुप, १६ असार । सप्तरीको कञ्चनरुपमा विषालु सर्पले डसेर शनिबार एक बालकको मृत्यु भएको छ ।
कञ्चनरुप नगरपालिका –१२, चर्खिया बस्ने जोगेन्द्र रामको पाँच वर्षीय छोरा राहुल रामको विषालु सर्पले टोकेर मृत्यु भएको हो ।
स्थानिय प्रमोद मण्डलका अनुसार शनिबार बिहान ५ बजे घरमा सुतेकै अवस्थामा बालकलाई सर्पले डसेको थियो । सर्पले डसेको थाहा पाएपछि उपचारका लागि बालकलाई धरान स्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा लग्दै गर्दा बाटोमा नै मृत्यु भएको मण्डलले जानकारी दिनुभयो ।
गर्मी अत्यधिक बढेसँगै अहिले सर्पको बिगबिगी बढिरहेको छ । गर्मीयाममा विषालु सर्पको बिगबिगी हुने भएकाले सावधानी अपनाउन जरुरी रहेको छ ।

विज्ञापनAdmizz Education — IELTS, PTE, Duolingo, SAT
यो समाचार सेयर गर्नुहोस्

सम्बन्धित समाचार

सबै हेर्नुहोस्

तपाईंको प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

विज्ञापन · 320 × 50—विज्ञापनको लागिसम्पर्क: 9814728171, 9842928333

You cannot copy content of this page