समाचार

धरौटी तिर्न नसक्दा मिटर व्याजिका अभियुक्त रामाप्रसाद पुर्पक्षका लागि कारागार चलान

कञ्चनरूप, १२ श्रावण । धरौटी तिर्न नसकेपछि सप्तरीको एक जना मिटरब्याजीका अभियुक्तलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ ।
राजविराज- ७ बस्ने वर्ष ६४ को रामा प्रसाद साहु पूर्पक्षका लागि कारागार चलान भएका हुन् ।
अनुचित लेनदेन सम्बन्धमा राम कृष्ण यादव, कौशल्या देवी, सुजान देवी साहसमेतको जाहेरीका आधारमा साहु विरुद्ध ठगी तथा अपराधिक विश्वासघात मुद्दामा अनुसन्धान पछि प्रहरीले जिल्ला अदालतमा फाइलहरू पेस गरेको थियो ।
मिटरब्याजीका रुपमा परिचित साहुलाई १८ लाख धरौटी खोलिएकोमा उनले तिर्न नसक्दा शुक्रबार कारागार कार्यालय सप्तरी चलान गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जानकारी दिएको छ।

   

You cannot copy content of this page