खगेन्द्र कार्की /
फत्तेपुर । जनता समाजवादी पार्टीले बुधबार सप्तकोसी नगरपालिकामा ज्ञापन पत्र बुझाएको छ । जसपा पार्टीले नगर भित्र उठेका विभिन्न समस्याहरु प्रती नगरले बेवास्ता गरेको भन्दै दस बुदे माग सहितको ज्ञापन पत्र नगर प्रमुख कृष्ण प्रसाद ढकाललाई बुझाएको हो ।
वर्तमान केन्द्रिय सरकारमा जनता समाजबादी पार्टी (जसपा) को पनि समर्थन रहेको जनाउँदै जसपा नगरकमिटीले सप्तकोसी नगरका जनप्रतिनिधिले जसपाका प्रतिनिधिलाई दम्भ तथा हेपाहा प्रवृत्ति देखाइ बेवास्ता गरि एकलौटी रुपमा कामकाज गर्ने गरेको ज्ञापन पत्रमा उल्लेख छ ।
आ.ब. ७९/८० मा समेत नगरसभाबाट पारित विकासिय बजेटलाई एकलौटी तरिकाले विभिन्न वादको मानसिकता बाट ग्रसित भै उपभोक्ता समितीमा समेत जसपाका प्रतिनिधि नसमेटि पार्टी प्रतिनिधिको अधिकार हनन गरेको जसपाले जनाएको छ।
सप्तकोसी नगरपालिकाबाट हुने विकास निर्माणका काममा टिनको छाना, ट्वाइलेट लगायतका सुविधाहरुमा कार्यविधी र मापदण्ड विपरित आफ्ना भोट बैँकका रुपमा चिनिएका ठाउँमा मात्र वितरण गरिएको जसपाद्वारा जारी ज्ञापन पत्रमा उल्लेख छ । ज्ञापन पत्रमा रातिको समयमा जंगली जनावरबाट हुने दुर्घटनाका क्षेत्रमा बिधुतिय लाइट जडान हुनु पर्ने, टेङ्रा खोलाबाट सिर्जित कृतिम समस्याको दिगो ब्यबस्थापन हुनुपर्ने, चौपायामा लागेका लम्किस्किन लगायतको रोगको निधानका लागि खोपको ब्यवस्था गर्नुपर्ने, नगर भित्र फैलिदो अवस्थामा रहेको कालाज्वर, डेङ्गु रोग नियन्त्रणमा किटानाशक औषधीको यथाशीघ्र ब्यबस्थापन हुनु पर्ने लगायतका मागहरु ज्ञापन पत्रमा उल्लेख गरिएको जसपाका मधेस प्रदेश परिषद समिती सदस्य उमेश यादवले बताए ।
नगरभित्र नेपाल सरकारको स्वामित्वमा रहेका जग्गा ब्यक्तीले कब्जा गरि घर टहरा निर्माण गरिएको, जग्गा जमिन उपभोग गरि रहेकोले त्यस्ता जग्गाहरु तथा सिघ्र खाली गराउन तथा नगर कार्यपालिकाको नव निर्मित भवन चाडो समन्न गरि सन्चालनमा ल्याउन समेत जसपाले ज्ञापन पत्र बुझाउँदै माग गरेको छ ।
जनता समाजवादी पार्टी सप्तकोसी नगरकमिटीद्वारा जारी ज्ञापन पत्रमा नगरले केन्द्रिय सरकारको गठबन्धनको नजरले हेर्न तथा गणतन्त्रामक शासनमा एकजुट भै अगाडि बढ्न समेत उल्लेख गरिएको छ ।
जसपाको यस ज्ञापन पत्रलाई बेवास्ता गरि वडा वा नगरका जनप्रतिनिधिले कामकाज गरिएको पाइएमा जसपा आन्दोलनमा जाने चेतावनी समेत दिएको छ ।
Add Comment