समाचार

बहिरा विकास संघ सर्लाहीको अध्यक्षमा सुमन लामा

सर्लाही । बहिरा विकास संघ सर्लाहीको अध्यक्षमा सुमन लामा चयन हुनुभएको छ ।
संघको शुक्रबार सम्पन्न भएको १८ औं वार्षिक साधारण सभा तथा ६ औं अधिवेशनले लामाको अध्यक्षतामा ९ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको हो ।
सङ्घको उपाध्यक्षमा सुकिया महतो, महासचिवमा बालकृष्ण पौडेल, सचिवमा अमर महतो र कोषाध्यक्षमा अपार भट्टराई चयन हुनु भएको छ ।
त्यस्तै सदस्यहरूमा रंधिर जयसवाल ,राधा चौलागाईं, अनिता मगर, अजय कुमार चौधरीलाई चयन गरिएको रोशन कुमार झाले जानकारी दिनुभएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page