समाचार

मेचीनगरबाट लागुऔषध ब्राउनसुगर सहित १ जना पक्राउ

झापा, ०४ भाद्र । झापा प्रहरीले मेचीनगर नगरपालिका ६ स्थितबाट लागुऔषध ब्राउनसुगर सहित १ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थानिय ३२ वर्षीय बसन्त राई रहेका छन ।
ईलाका प्रहरी कार्यालय काँकरभिट्टाको प्रहरी टोलीले आईतबार दिउँसो राईलाई शंका लागी चेकजाँच गर्दा निजको साथबाट १ ग्राम ८ सय मिलिग्राम ब्राउनसुगर फेला पारी नियन्त्रणमा लिएको थियो ।
घटना सम्बन्धमा आवश्यक अनुसन्धान कार्य भईरहेको ईलाका प्रहरी कार्यालय काँकरभिट्टाले जनाएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page