समाचार

एमाले अध्यक्ष ओली पत्नी राधिकाले मनाउनुभयो मानवसेवा आश्रममा जन्मदिन

सप्तरी । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको श्रीमती राधिका शाक्यले भैरहवाको मानवसेवा आश्रममा जन्मदिन मनाउनु भएको छ।
शनिबार अध्यक्ष ओली दम्पतीसहित भैरहवाको मानव सेवा आश्रममा पुगेर जन्मदिन मनाउनु भएको हो ।
शाक्य मानवसेवा आश्रमको संरक्षकसमेत हुन् ।

अध्यक्ष ओलीले सामाजिक सञ्जाल फेसबुकमा पत्नीलाई जन्मदिनको शुभकामना दिँदै भन्नुभयो, ‘मलाई सबैभन्दा नजिकबाट बुझ्ने साथी हुन् राधिका। आज उनको जन्मदिन । भैरहवाको मानव सेवा आश्रममा उनको जन्मदिन पनि मनाइयो । जन्म दिनको शुभकामना राधिका’

   

You cannot copy content of this page