मधेस प्रदेश समाचार

सप्तरी ४ (ख) बाट निर्वाचित प्रदेशसभा सदस्य अनिरुद्ध सिंह हत्या अभियोगमा पक्राउ

कञ्चनरूप, १८ भदौ । सप्तरी निर्वाचन क्षेत्र नम्बर ४ (ख) बाट प्रदेश सभा सदस्य पदमा निर्वाचित स्वतन्त्र सांसद अनिरुद्ध कुमार सिंह यादव हत्या अभियोगमा पक्राउ परेका छन् ।
मधेस प्रदेशसभा सदस्यमा सप्तरीबाट निर्वाचित बोदे बरसाइन नगरपालिका ५ का अनिरुद्धकुमारलाई सोमबार प्रहरीले राजविराजबाट नियन्त्रणमा लिएको हो।
नेकपा माओवादीका नेता गोविन्द चौधरीको हत्यामा संलग्न रहेको घटनामा ०६८ चैत १९ गते मुल्तबीमा राखिएको मुद्दामा यादवसमेत ९ जना आरोपी छन्। पक्राउ परेका प्रदेशसभा सदस्य यादवलाई सप्तरी जिल्ला अदालतमा सोमबार नै पेश गरिएको छ।
जनता समाजवादी पार्टीका विद्रोही उम्मेदवार बनेर स्वतन्त्र उम्मेदवार बनेका यादवले जसपाका अभिषेक यादवलाई २ हजार ६५ मतले पराजित गरेर निर्वाचित भएका थिए।
शम्भुनाथ नगरपालिका १ खोक्सर प्रवाहाका ३२ वर्षीय दिपु भन्ने गोविन्द चौधरीको २०६४ असार ९ गते बोदे बरसाइन नगरपालिका २ नेङ्गडा बैरिया टोलमा अपहरणपश्चात गोली हानी हत्या गरिएको थियो। चौधरीको २०६४ असार १० गते राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा पोष्टमार्टम भएको थियो।
अदालतमा अभियोगपत्र दायर भए पनि यादव अदालतमा उपस्थित नभएर फरार रहेका थिए।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page