धर्म संस्कृति

राजविराजको राधाकृष्ण मन्दीरबाट सैयौको संख्यामा रथ यात्रा

राजविराज । सप्तरीको राजविराजमा कृष्ण जन्माष्टमीको अवसरमा रथयात्रा निकालिएको छ । बिहिवार राजविराज ९ स्थित राधाकृष्ण मन्दिरबाट स्थानिय युवा विद्यार्थीहरूको आयोजनमा रथयात्रा निकालिएको हो ।
कन्याकुमारीहरूलाई राधाकृष्णको प्रतिरूप दिँदै सैयौं भक्तजनहरुको संख्यामा निस्केको रथयात्राले रूपनी रोड हुँदै गजेन्द्र चौक, दशन चौक, अदालत रोड, परिक्रमा पश्चात पुनः राधाकृष्ण मन्दिरमा पुगेर यात्रा विसर्जन गरेको थियो ।
प्रत्येक वर्ष भाद्र कृष्णाष्टमीको दिन मनाईने श्री कृष्ण जन्माष्टमी भव्यताका साथ दैश भर मनाइएको छ । पञ्चाङ्ग अनुसार भगवान कृष्ण जन्मेको अवसरमा पर्वको रूपमा संसारभरका हिन्दु धर्मावलम्बीहरुले भगवान कृष्णको पूजा आराधना गरि मनाइन्छ ।
यसै अवसरमा राजविराजको राधाकृष्ण मन्दिरबाट पनि रथयात्रा प्रत्येक वर्ष प्रचलनमा ल्याएको मन्दिर समितिले जनाएको छ । कृष्णाष्टमीको शुभअवसरमा रथयात्राको आयोजना गरेर भक्तजनहरुलाई थप सहयोग पुर्‍याएको युवा विद्यार्थी अनिल यादवले बताए । गतवर्ष यादव सेवा समितिले सो रथयात्रा निकालेको थियो ।
चहक र अति प्रभावशाली व्यथक्तित्वका धनी श्री कृष्णले बाँसुरी बजाएरै सबैलाई मन्त्रमुग्ध गर्थे । मख्खन चोर, बदमास, कन्हैया, गोपिनीहरूका पानी र दुधका घैला फुटाउने चकचके जस्ता अनेक कार्यहरू कृ्ष्णलिलाको पगरी गुथेर परिचित छन् । उनका कथाहरू र घटनाहरू बृदावन, मथुरा, र यमुना किनारामा मात्र नभई सम्पुणर् भुलोकमै चर्चित छन् ।
महाभारतको कौरव र पाण्डवहरूको युद्धमा श्रीकृष्ण पाण्डबको पक्षमा उभिएका थिए । उनले अर्जुनलाई गीताको ज्ञान दिएका थिए । त्यहीँ गीता हिन्दु धर्मको एउटा ग्रन्थ रहेको पाईन्छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page