धर्म संस्कृति

सप्तकोसी नगरपालिकामा गौ वंश हत्या विरुद्ध शान्तिपुर्ण बिरोध प्रदर्शन

खगेन्द्र कार्की /
सप्तकोसी, २३ भदौ । सप्तरीको सप्तकोसी नगरपालिकामा गौ वंश हत्या विरुद्ध शान्तिपुर्ण बिरोध प्रदर्शन गरेका छन् ।
ॐ कार परिवार सप्तकोसीले मरे बलिदान बाचे स्वाभिमान गौ संरक्षण हाम्रो अभियान भन्ने मुल नाराकासाथ गौ हत्या विरुद्ध सप्तकोसीमा शनिबार बिरोध प्रदर्शन गरेको हो ।
सुनसरीको धरानमा गाई काटेर खानेहरुलाई कार्वाहीको माँग गर्दै विरोध प्रदर्शन गरेका छन् । ॐकार परिवार सप्तकोसीको अगुवाइमा फत्तेपुर स्थित भगवती मन्दिरबाट विभिन्न नारा लगाउँदै निस्केका जुलुस नगर परिक्रमा गरेको थियो । हिन्दु धर्म प्रति आस्था भएका सयौंको संख्यामा निस्केको जुलुसले गौ वंश संरक्षण गर, गौ हत्या बन्द गर, हिन्दु राष्ट्र कायम गर लगायतका नारा लगाएका थिए ।

संविधान विपरीत कार्य गर्ने जो कोहिलाई कानुनी दायरमा ल्याई सरकारले कानून बमोजिम कारवाहि गर्नुपर्छ भन्दै राप्रपाका सप्तकोसी नगर अध्यक्ष तुलाराम लुइँटेलले दोषीलाई कारवाहि गरेमात्र संविधानको रक्षा, धार्मिक, सामाजिक साँस्कृतिक एवम् सामुदायिक सद्भाव कायम रहने बताए ।
नेपालको संविधानको भाग १ प्रारम्भिक धारा ४ मा सनातनदेखि चलिआएको धर्म संस्कृतिको संरक्षण लगायतका धार्मिक साँस्कृतिक स्वतन्त्रतालाई कायम राख्नु पर्ने प्रष्ट खुलाइएको जानकारी दिँदै लुइँटेलले भने सोही भागको धारा ९ को उपधारा ३ अनुसार, राष्ट्रिय जनावर गाई उल्लेख रहेको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page