खगेन्द्र कार्की /
सप्तकोसी,२८ भदौ । संविधान सभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको सम्झनामा सप्तकोसी नगरपालिकामा बृक्षारोपण गरिएको छ ।
जनकल्याण कृषि सहकारी संस्था सप्तकोसी ३ सखुवनि र सप्तकोसी नगरपालिका वडा नम्बर ३ को संयुक्त आयोजनामा सखुवनि त्रियुगा बादमा सुवासचन्द्र नेम्वाङको अन्त्यस्टिको दिन पारेर बिहिवार बृक्षारोपण गरि सम्झिएका छन् ।
सहकारी र वडा कार्यलयले त्रियुगा नदि बाद क्षेत्रभित्र रहेको खालि जग्गामा बृक्षारोपण गरिएको वडा नम्बर ३ का वडा सदस्य रमेश थापाले बताउनु भयो । सप्तरीको सप्तकोसी नगरपालिका वडा नम्बर ३ त्रियुगा नदिको बादमा रहेको खालि जग्गामा सहकारीले मलेसियन सखुवा, टिक, खएर लगायतका बिरुवा रोपेको छ ।
सप्तकोसी नगरपालिकाका नगर प्रमुख कृष्णप्रसाद ढकाल, उप प्रमुख रिताकुमारी चौधरी, वडा अध्यक्ष देवकान्त गोजेवार, सहकारीका अध्यक्ष मनोकुमारी चौधरी, वडा सदस्यहरु, नेकपा एमाले नगरकमिटी अध्यक्ष पारस दहाल, स्थानीय बासी लगायतले संयुक्तरुपमा एक हजार वटा बिरुवा बृक्षारोपण गरेर नेम्वाङ लाई सम्झिएको वडा नम्बर ३ का वडाअध्यक्ष देवकान्त गोजेवारले जानकारी दिनुभयो ।
हरियो वन नेपालको धन भन्ने नारालाई सार्थक बनाउन र संविधान सभा अध्यक्ष तथा नेकपा एमालेका उपाध्यक्ष सुभासचन्द्र नेम्बाङको सम्झनामा तथा नदि नियन्त्रण र चुरेको संरक्षण गरि बाढी पहिरोबाट जोगाउने उद्देश्यले खालि रहेको जमिनमा छिटो बढ्ने मलेसियन सखुवा लगायत विभिन्न प्रजातिका बोटबिरुवाको वृक्षारोपण गरिएको स्थानीयहरुले बताएका छन् ।
बृक्षारोपण तथा बोटबिरुवा संरक्षणगरी वडालाई हराभरा बनाउनु हामी सबैको दायित्व रहेको वडा सदस्य रमेश थापाले बताउनु भयो ।
Add Comment