मधेस प्रदेश समाचार समाज

रुपनीमा मोटरसाइकल दुर्घटना हुँदा श्रीमतीको मृत्यु, श्रीमान गम्भीर घाईते

सप्तरी, २९ भदौ । सप्तरीमा बिहिवार राती मोटरसाइकल दुर्घटनामा परि श्रीमतीको मृत्यु भएको छ भने श्रीमान गम्भीर घाईते भएका छन् ।
रुपनी गाउँपालिका १ स्थित स ४ प ५७६० नम्बरको मोटरसाइकल दुर्घटना हुँदा रुपनी गाउँपालिका ३ की ३७ वर्षीया शिलादेवी मुखियाको मृत्यु भएको छ भने उनका ४० वर्षीय श्रीमान हरेराम मुखिया भने गम्भीर घाईते भएका छन् ।
दुर्घटनामा घाईते सिलादेवीको स्थानीय रायपुर स्थित युनिक अस्पतालमा उपचारको क्रममा अस्पतालमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । मोटरसाइकल चालक हरेरामको सोही अस्पतालमा उपचार भईरहेको छ ।
राजविराज रुपनी सडकखण्ड अन्तर्गत रुपनी गाउँपालिका १ स्थित रुपनीमा घरतर्फ जाँदै गरेका मुखिया दम्पती चढेको स ४ प ५७६० नम्बरको मोटरसाइकल राती १० बजे दुर्घटना भएको इलाका प्रहरी कार्यालय रुपनीले जनाएको छ ।
घाईते हरेरामको अवस्था मध्यम रहेको तथा घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page