समाचार

मुद्दा मिलाईदिने बहाना अनुचित असुली धन्दा नचलाउन सप्तरी प्रशासनको आग्रह, पाईएमा कारवाही गरिने

राजविराज, १ असोज । अनुचित लेनदेन (मिटर व्याज) सम्बन्धमा मुद्दा मिलाईदिने बहाना अनुचित असुली धन्दा नचलाउन जिल्ला प्रशासन कार्यालय सप्तरीले आग्रह गरेको छ । प्रशासनले सोमबार एक सूचना जारी गर्दै कुनै पनि बहानामा अनुचित लेनदेन नगर्न आग्रह गरेको हो ।
हालको दिनहरुमा अनुचित लेनदेन पक्ष र विपक्षहरुलाई विभिन्न विचौलियाका नाममा संघर्ष समितिका नाममा लगायत अन्य नाममा प्रलोभनमा पारी मिलाई दिन्छु भनी रकम असूली गरेको भन्ने लिखित एवं मौखिक उजुरी तथा गुनासो प्राप्त भएको र यस विषयमा प्रशासन कार्यालयको गम्भीर ध्यानाकर्षण भएको सहायक प्रमुख जिल्ला अधिकारी लेवन कायश्थ अधिकारीद्वारा जारी सूचनामा भनिएको छ ।
पीडित पक्ष र विपक्ष दुबैको प्रत्यक्ष उपस्थितमा छलफल र छानवीन हुने गरेकोले कुनैपनि विचौलियाले मिलाई दिने बहानामा असुली गरिएको पाईएमा कडा कारबाही हुने सूचनामा उल्लेख गरिएको छ ।
जिल्ला प्रशासन कार्यालयले अनूचित लेनदेन (मिटर ब्याज) जाँचबुझ आयोगको निर्णय एवं मार्गदर्शन र मुलुकी देवानी संहिता, २०७४ लगायत अन्य तोकिएको नियम कानून भित्र रही अनुचित लेनदेनको छानविन र छलफल गरिरहेको सूचनामा उल्लेख छ । छलफलमा जिल्ला प्रशासन कार्यालयका कर्मचारी, नेपाल प्रहरी, पिडक पक्ष र पिडीत पक्ष रहने व्यवस्था गरिएको र तोकिएको विधी प्रकृया र कानून बमोजिम गरी सहमति गराउने गरिएको छ, यस विषयमा कुनै पनि रकम तिर्न बुझाउनु नपर्ने भएकोले कसैलाई पनि रकम नदिन सप्तरी प्रशासनले अनुरोध गरेको छ ।
तसर्थ कुनै पनि व्यक्तिले विभिन्न वाहानामा मिलाई दिने भनी अनूचित रकम माग गरेमा सोको जानकारी जिल्ला प्रशासन कार्यालयमा जानकारी गराउनुहुन र त्यस्तो गरेको पाईएमा कानून बमोजिम कारवाही गरिने व्यहोरा सबैको जानकारीको लागि आदेशानुसार अनुरोध छ, सूचनामा भनिएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page