बिराटनगर, २ असोज । मोरङ प्रहरीले बिराटनगरबाट लागूऔषध ब्राउन सगुर सहित २ जनालाई प्रकाउ गरेको छ ।
पक्राउ पर्नेमा ईटहरी उपमहानगरपालिका २० का ३७ वर्षीय अमृत पुरी र धरान उपमहानगरपालिका १ का ३० वर्षीय सुसान्त रिजाल रहेका छन् ।
सोमबार दिउँसो बिराटनगर महानगरपालिका वडा नम्बर १७ मटेरुवा स्थित भारतबाट नेपाल तर्फ आउँदै गरेको प्रदेश १–०२–०५२ प २७१७ नम्बरको मोटरसाईकललाई लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा लागुऔषध ब्राउन सुगर १० ग्राम ३० मिलिग्राम फेला पारी उनीहरुलाई पक्राउ गरिएको थियो ।
पक्राउ परेका दुवै जनाको ईलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भईरहेको जनाइएको छ ।
Add Comment