कञ्चनरुप, २ असोज । सप्तरीको कञ्चनरुप नगरपालिकाको ९ औँ नगर सभाले आर्थिक वर्ष २०८०÷०८१ का लागि ६१ करोड ३३ लाख ७ हजारको बजेट ल्याएको छ ।
मंगलबार नगरपालिकाको सभाहलमा आयोजित एक समारोहका विच नगर उप–प्रमुख मुना कुमारी पोखरेलले आर्थिक वर्ष २०८०÷०८१ को ६१ करोड ३३ लाख ७ हजारको बजेट सार्वजनिक गर्नुभएको हो ।
नगर प्रमुख ललन प्रसाद गुप्ताको अध्यक्षतामा आयोजित कार्यक्रममा उपप्रमुख पोखरेलले बजेट नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो ।
उप–प्रमुख पोखरेलले आन्तरिक आय २ करोड ५ लाख, संघीय सरकार राजस्व बाँडफाँड १२ करोड ३१ लाख ७ हजार, प्रदेश राजस्व बाँडफाँड १ करोड, संघीय सरकारको वित्तीय समानिकरण १४ करोड ५५ लाख, संघीय सरकार सशर्त चालू २८ करोड ५२ लाख, संघीय सरकार सशर्त पुँजीगत ५० लाख, संघीय सरकार समपुरक पुँजीगत १ करोड १० लाख, संघीय सरकार विशेष पुँजीगत २ करोड ३० लाख बजेट प्रस्तुत गर्नु भयो ।
यसैगरी मधेश सरकार वित्तीय समानिकरण (गत आव १ करोड ४ लाख, ८३ हजार) मधेश सरकार विशेष ३० लाख, मधेश सरकार समपुरक २० लाख गरि कुल ६१ करोड ३३ लाख ७ हजारको बजेट प्रस्तुत गर्नुभयो ।
नगरपालिकाले कृषि, पर्यटन, स्वास्थ्य, शिक्षा, पत्रकारकारिको विकास र प्रबर्द्धन तथा युवा स्वरोजगार अन्तर्गत स्थानीय स्तरमै रोजगारीको व्यवस्था गर्ने, लागुऔषध नियन्त्रण सम्बन्धि जनचेतनामूलक कार्यक्रमलाई प्राथमिकतामा राखेको छ ।
Add Comment