समाचार समाज

सप्तरीमा पोखरीमा डुबेर ८ वर्षीय एक बालकको मृत्यु

सप्तरी, २ असोज । सप्तरीको राजबिराज नगरपालिका ९ मलेठमा पोखरीमा डुबेर सोमबार एक बालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सुनसरीको कोशी गाउँपालिका–५ घर भई राजविराज ९ स्थित मामाघर बस्दै आएका बिन्देश्वर यादवको ८ वर्षीय छोरा आशिष कुमार यादव रहेका छन ।
घर नजिकै रहेको पोखरीमा नुहाउने क्रममा डुबेका आशिषलाई उपचारको लागि गजेन्द्रनारायण सिंह अस्पताल राजबिराजमा भर्ना गरिएको थियो ।
अस्पतालमा चिकित्सकले परीक्षण गर्दा मृत्यु भएको जनाएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page