खगेन्द्र कार्की –
फत्तेपुर, ६ असोज । सप्तरीको सप्तकोसी नगरपालिका वडा नम्बर १ स्थित रहेको रक्तमाला नमुना सामुदायिक वन उपभोक्ता समुहले हरियो वन नेपालको धन भन्ने मुल नाराको साथ २४ औं वार्षिक साधारण सभा शनिबार सम्पन्न गरेको छ ।
सामुदायिक वनका अध्यक्ष इन्द्रप्रसाद लुइँटेलको अध्यक्षता तथा मधेश प्रदेशका वन तथा वातावरण मन्त्री रमेश प्रसाद कुर्मीको प्रमुख आतिथ्यमा आयोजित एक कार्यक्रमका बिच साधारणसभा सम्पन्न गरेको हो ।
९ सय ५४ उपभोक्ता रहेको सामुदायिक वनको २४ औं वार्षिक साधारणसभा मधेश प्रदेशका वन तथा वातावरण मन्त्री कुर्मीले उद्घाटन गरेका छन् ।
कार्यक्रमको उद्घाटन गर्दै मन्त्री कुर्मीले सामाजिक तथा आर्थिक रुपान्तरणमा सामुदायिक वनको अहम भूमिका निर्वाह गरेको बताएका छन् ।
डिभिजन वन अधिकृत हेमन्तप्रसाद शाहले वन संरक्षणको क्षेत्रमा रक्तमाला सामूदायिक वलले महत्त्वपूर्ण योगदान दिएको बताए ।
२०५२ सालमा स्थापना भएको सामुदायिक वनले उपभोक्ताका जिवनस्तर उकास्नको लागि रेशम खेति, फलफूल बगैंचा ,बाँस, बेतको फर्निचर उधोग,आफ्नो कार्य क्षेत्रमा पर्ने बाटो घाटो निर्माण गरि सामाजिक उतरदायित्व बहन गरेको वनको आर्थिक वर्ष २०७९/०८० को ५९ लाख ३० हजार ५ सय १२ रुपैया बराबरको आय–ब्यय प्रस्तुत गरेको छ।
संस्थाले उपभोक्ताहरुको जीवनस्तर उकास्ने उदेश्य राखी उन्नत जातको पशु बितरण गर्ने, बाँस बेतको, दुना टपराको उधोग संचालन गरि गरिबी निवारणमा पहल गर्ने ,सामुदायिक वन संरक्षणका साथै आन्तरिक पर्यटनलाईलाई प्राथमिकतामा राखि जुटपानी र अमाहामा पोखरी निर्माण, पिक्निक स्पोर्ट, मिनि चिडियाखाना ,जुटपानीमा आन्तरिक र बाहिय पर्यटक भित्राउन पर्यटकीय स्थलको रुपमा बिकास गर्ने सामूदायिक वनको आ.व. ०८०/०८१ को योजनामा रहेको सामुदायिक वनका अध्यक्ष इन्द्रप्रसाद लुइँटेलले जानकारी दिए ।
कार्यक्रम सप्तकोसी नगरपालिका नगर प्रमुख कृष्ण प्रसाद ढकाल, कञ्चनरुप नगरपालिका नगर प्रमुख ललन प्रसाद गुप्ता, प्रमुख जिल्ला अधिकारी किरण थापा, सामुदायिक वन महासंघ सप्तरीका अध्यक्ष अशोककुमार चौधरी, फेकोफनका पूर्व जिल्ला नारायणप्रसाद आचार्य लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
Add Comment