समाचार

‘रिटर्नी फेडेरेशन नेपाल’ सप्तरीको प्रथम जिल्ला अधिवेशन सम्पन्न, अध्यक्षमा यदुनन्दन यादव

कञ्चनरुप, ६ असोज । नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकट जन वर्गीय सङ्गठन ‘रिटर्नी फेडेरेशन नेपाल’ सप्तरीको प्रथम जिल्ला अधिवेशन सम्पन्न भएको छ ।
राजविराजमा शुक्रबार सम्पन्न अधिवेशनले यदुनन्दन यादवको अध्यक्षतामा २९ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत गठन गरेको छ ।
जसको उपाध्यक्षमा ईल्ताफ सेख र जाकिर मियाँ, सचिवमा भगवती यादव, सह–सचिवमा श्यामलाल यादव, सूर्य नारायण खत्वे सहित २९ सदस्य चयन भएका छन् ।
यस्तै सदस्यहरुमा दिपेन्द्र कुमार मुखिया पिताम्बर यादव, शिवदेव यादव, रमेश शर्मा, सकल देव यादव, दिनेश प्रसाद दास, विष्णु देव शर्मा, रतन पैकरा, शिव नाथ मण्डल, प्रदीप कुमार राय, इनुस कमरिया, मो आलम ,राघ वेन्द राज ,राजानन्द चौधरी ,प्रदीप कुमार पण्डित ,जगधर शाह ,रामानन्द चौधरी ,सन्तोष कुमार शाह ,मो सुभानी ,मो. नसरुल र वद्री नारायण यादव चयन हुनुभएको छ ।

कार्यक्रमका प्रमुख अथिती रिट्रनी फेडेरेशन नेपालका केन्द्रीय उपाध्यक्ष राम कृष्ण घिमिरेले नेपाली राजनीतीक, सामाजिक, आर्थिक समृद्धि ल्याउन युवाहरूले महत्त्वपूर्ण भुमिका खेलेको बताउनु भयो । जनताको मुहारको मुस्कान युवाहरु नै मिलेर जोगाउन सक्ने स्पष्ट पार्नुभयो । उहाँले नेपालको हरेक आन्दोलनमा प्रबासमा रहँदा नेपालीहरुको महत्वपूर्ण योगदान हुने तर बिदेश गएर फर्कंदा सांगठनिक जिम्मेवारी नहुने कार्यको अन्त्यका लागि रिटर्नि फेडेरेसन नेपालको जन्म भएको बताउनु भयो । विदेशमा नेपालीले कमाएको सीप क्षमता सदुपयोग गर्न राज्यले नसकिरहेकाले राजनीतिमार्फत आर्थिक समृद्धिमा लाग्न सङ्गठन बनाएको बताउनु भयो ।

नेकपा एमाले केन्द्रीय सदस्य दिवाकर देवकोटाले विदेशबाट फर्किएकाहरुले कामसँगै अन्य धेरै कुरा सिकेर आएको र ती ज्ञान र सिपलाई देश निर्माणमा सदुपयोग गर्न आवश्यक रहेको बताउनुभयो । विदेशमा बसेर फर्केकाहरुले केही ज्ञान, केही सीप, केही संकल्प र अठोट लिएर आएका हुने भन्दै उहाँले त्यसलाई देश निर्माणको काममा लगाउन रिटर्नी नेतृत्वलाई सुझाव दिनुभयो । उहाँले नेकपा एमाले जनताको पार्टी भएको हुनाले सारा जनमत एमालेको पक्षमा रहेको बताउनु भयो ।
नेकपा एमालेकी केन्द्रीय सदस्य सरिता गिरी यादवले बैदैशिक रोजगारीबाट फर्किनुभएका सम्पूर्ण सप्तरी जिल्लावासी युवा साथीहरुलाई स्वदेश मै उध्मशिलता र उत्पादन सँगै रिट्रनी अभियानमा जोडिन आग्रह गर्नुभयो ।

कार्यक्रममा रिटर्नी फेडेरेसन नेपालकी केन्द्रिय सचिव सरिता चौधरीले विदेशबाट फर्केका नेपालीहरुको संगठन रिटर्नी फेडेरेसन नेपाल भएको हुँदा सबैलाई संगठनमा आबद्ध हुन आग्रह गर्नुभयो । उहाँले ज्ञान सीपलाई प्रयोग गर्ने गरी यो संगठनले काम गर्ने बताउँदै देशलाई अगाडी लैजान क्षमता भएका युवाहरुले भूमिका खेल्नुपर्ने बताउनु भयो । ज्ञान सीपलाइ प्रयोग गर्ने गरि यो संगठनले काम गर्ने बताउँदै चौधरीले देशलाई अगाडि लैजान क्षमता भएका युवाहरुले भूमिका खेल्नु पर्ने बताउनु भयो ।
कार्यक्रममा नेकपा एमाले जिल्ला अध्यक्ष ताराकान्त चौधरी, सँगठन समन्वय समयन्त्र सँयोजक दुर्गानन्द ठाकुर लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
अधिवेशन रिटर्नी फेडेरेसन सप्तरीका उपाध्यक्ष जगधर साहको अध्यक्षतामा भएको थियो भने कार्यक्रमको सञ्चालन तथा स्वागत मन्तव्य रिटर्नी फेडेरेसनका नवराज अधिकारीले गर्नुभएको थियो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page