कोशी प्रदेश समाचार समाज

इलाममा अरिङ्गालको टोकाईबाट १ जनाको मृत्यु

इलाम, १५ कार्तिक । इलाममा अरिङ्गालको टोकाईबाट मंगलबार १ जनाको मृत्यु भएको छ भने १ जना घाईते भएका छन ।
इलाम नगरपालिका १२ साङरुम्बा स्थितमा अरिङ्गालको टोकाईबाट ३० बर्षिय सन्तोष लिम्बुको मृत्यु भएको हो । स्थानीय ५९ वर्षीय याम बहादुर लिम्बु र उनका ज्वाई सन्तोषलाई अरिङ्गालले टोकेर घाईते भएका थिए ।
मंगलबार बिहान ९ बजे छिमेकिको बारीमा भुइमा घाँस काटिरहेको अवस्थामा चिलाउनेको रूखमा रहेको अरिङगालले टोकेर घाईते भएका सन्तोषको बिर्तासिटी अस्पताल झापा लगीएकोमा उपचारको क्रममा हिजो राती नै मृत्यु भएको कोशी प्रदेश प्रहरी कार्यालय, बिराटनगरले जनाएको छ ।
त्यस्तै स्थानिय ५९ बर्षिय याम बहादुर लिम्बु समेत घाइते भएका छन । उनको उपचार जिल्ला अस्पताल इलाममा भइरहेको छ ।
घटना सम्बन्धामा जिल्ला प्रहरी कार्यालय इलामबाट थप अनुसन्धान भईरहेको जनाइएको छ।

   

You cannot copy content of this page