काठमाडौँ । सर्वोच्च अदालतले योगराज ढकाल (रिगल) लाई तत्काल पक्राउ गर्न आदेश दिएको छ।
सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले संविधान दिवसको अवसरमा दिएको सजाय छुट सर्वोच्चले बदर गरिदिएको हो ।
कायममुकायम प्रधानन्यायाधीश ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र कुमार चुडालको इजलासले बिहीबार रिगलको कैद मिनाहा गर्ने निर्णयलाई बदर गर्ने परमादेश दिएको हो।
आदेश लगत्तै प्रहरीले योगराज ढकाल ‘रिगल’लाई पक्राउ गरेको छ।
सर्वोच्च अदालतले योगराज ढकाल ‘रिगल’लाई दिइएको आममाफी बदर गर्दै उनलाई तत्काल पक्राउ गर्न आदेश दिएको थियो । आदेश लगत्तै बाँके प्रहरीले उनलाई पक्राउ गरेको हो ।
चेतन मानन्धरको हत्या अभियोगमा जेल सजाय काटिरहेका रिगलले सरकारबाट बाँकी कैद माफी पाएका थिए। बाँकी कैद माफी पाएर रिगल संविधान दिवसको दिन छुटेका थिए।
रिगलको बाँकी कैद मिनाहा संविधान र कानुन विपरीत देखिएकोले बदर हुने जनाइएको छ।
त्यस निर्णयविरूद्ध चेतन मानन्धरकी श्रीमती भारती मानन्धर शेर्पाले गत असोज २२ गते सर्वोच्चमा रिट दायर गरेकी थिइन्।
राष्ट्रपतिले रिगललाई दिइएको माफी बदर, सर्वोच्चको परमादेश लगत्तै रिगल पक्राउ














Add Comment