समाचार

पूर्व कानुन न्याय मन्त्री लेखीद्वारा जनता आवासको निर्माणाधिन भवनको निरीक्षण

कञ्चनरुप । मधेश प्रदेशका पूर्व कानुन न्याय तथा प्रदेशसभा मामिला मन्त्री एवं सप्तरी निर्वाचन क्षेत्र नम्बर १ (क) का प्रदेशसभा सदस्य राज कुमार लेखीले निर्माणाधिन जनता आवास भवनको निरिक्षण गर्नुभएको छ ।
उहाँले बुधबार सप्तरीको कञ्चनरूप नगरपालिका वडा नम्बर ८ स्थित सदा बस्तीका दलित समुदायको अवस्था र जनता आवास कार्यक्रम अन्तर्गत १० ओटा निर्माणाधिन भवनको निरीक्षण गर्नुभएको हो ।
पूर्व मन्त्री लेखीले सरकारले जनता आवास कार्यक्रम अन्तर्गत गरीब, विपन्न एवं दलित समुदायलाई दिएको जनता आवासको भवन निर्माणमा ढिलाई गर्न नहुने बताउनु भयो । उहाँले गरीब, दलितका लागि आएको भवन निर्माणको बजेटमा चलखेल भई काममा वाधा पुग्ने वातावरण सिर्जना नगर्न आग्रह गर्नुभयो।

विगतमा धेरै ठाउँमा यो काम पूर्ण नभई अलपत्रमा परेको बताउँदै लेखीले स्थानिय समुदायलाई सचेत हुन आग्रह गर्नुभयो । निर्माणधीन घरहरु लाभग्राहीले आफैं चासो लिएर बनाउनु पर्ने समेत बताउनु भयो ।
आफ्नो अधिकारमा रहेका हरेक क्षेत्रको विकास र प्रवर्द्धनका लागि काम गरिरहेको छु, सांसद लेखीले भन्नु भयो ।
सो निरीक्षण टोलीमा बच्चुलाल चौधरी, अरुण यादव, अभिषेक गुप्ता, मुकेश साह, ललित साह, मुन्नी देवी झा ,समाजका अगुवा, भद्रभलादमीहरुको सहभागिता रहेको थियो ।
जनता आवास कार्यक्रम अन्तर्गत दुई कोठे पक्की घरको माथि जस्तापाताको छाना लगाइन्छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page