कोशी प्रदेश समाचार

मोटरसाईकल आफैं अनियन्त्रित भई दुर्घटना हुँदा १ जनाको मृत्यु

झापा, २८ कार्तिक । झापाको कन्काई नगरपालिका ९ मन्त्रिबारी स्थित भित्रि सडक खण्डमा सवारी दुर्घटनाबाट १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाईकल चालक स्थानीय ४० वर्षीय संजय साह रहेका छन ।
सोमबार राति साढे ११ बजे उत्तरबाट दक्षिणतर्फ जादै गरेको प्र २-०३-०१५ प ४०७८ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाईकल चालक साह गम्भिर घाईते भएका थिए ।
घाईते साहलाई उपचारको लागि बिर्तासिटि अस्पताल बिर्तामोड लगिएकोमा अस्पताल पुर्‍याउनसाथ डाक्टरले मृत घोषित गरेका थिए ।
घटनाबारेमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page