कोशी प्रदेश समाचार

उदयपुरमा मादक पदार्थ सेवन गरी श्रीमतीको हत्या गर्ने जस बहादुर पक्राउ

उदयपुर, २८ कार्तिक । उदयपुरमा श्रीमतीको हत्या गर्ने श्रीमान पक्राउ परेका छन् ।
त्रियुगा नगरपालिका १६ धौरी की ५० वर्षीया सुनमाया तामाङको हत्याको आरोपमा उनकै श्रीमान ६१ वर्षीय जस बहादुर तामाङ पक्राउ परेका हुन ।
गत २६ गते राती मादक पदार्थ सेवन गरी आफ्नै श्रीमतीको हत्या गर्ने जस बहादुरलाई जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरीको टोलीले पक्राउ गरेको हो ।
कुटपिटबाट घाईते भएकी सुनमायाको मंगलबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । घटनाबारेमा थप अनुसन्धान भईरहेको जनाएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page