धर्म संस्कृति समाचार

देशभर हर्षोल्लासका साथ मनाइयो नेपाल संवत् ११४४

कञ्चनरुप, २८ कार्तिक । नेपाल संवत् ११४४ आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ ।
नेवार समुदायका मानिसले नेपाल संवत ११४४(नयाँ वर्ष) देशभर विभिन्न कार्यक्रम आयोजना गरी मनाउँदै छन्।
राष्ट्रिय विभूति शङ्खधर साख्वाद्वारा प्रवर्द्धन गरिएको नेपालको यो राष्ट्रिय संवत् चन्दमास गणना गरी तय गर्ने प्रचलन छ ।
भिन्तुना शङ्खधर साख्वाले विसं ९३७ (इ सं ८८०) मा सूरू गरेका हुन् । नेपाल संवतको सुरु वा नयॅा वर्षलाई नेवार समुदायको बाहुल्यता रहेका स्थानमा विशेष कार्यक्रम गरी मनाउने गरिन्छ।
त्यस्तै भिन्तुना र्‍यालीमा संस्कृति झल्कने पोशाक लगाइ, बाँसुरी, धिमे बाजा र अन्य बाजागाजासहित नेवार समूदायका मानिस सहभागी हुने गर्दछन् । ​​​​​​​

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page