लुम्बिनी प्रदेश समाचार

लुम्बिनी प्रदेशका चार जिल्लामा सोमबार सार्वजनिक विदा

काठमाडौं, २ मंसिर । लुम्बिनी प्रदेश सरकारले मंसिर ४ गते सोमबार प्रदेशका चार जिल्लामा छठ पर्व समापनको अवसरमा सार्वजनिक विदा दिएको छ ।
गृह मन्त्रालयका उपसचिव खिमानन्द ज्ञवालीले विदा सम्वन्धि सूचना निकालेर छठ पर्वको समापनको अवसरमा प्रदेशका चार जिल्लाहरुमा सार्वजनिक विदा दिने जानकारी गराएको हो ।
सोमबार छठ पर्वको समापनको अवसरमा लुम्बिनी प्रदेशको नवलपरासी, रुपन्देही, कपिलवस्तु र बाँके जिल्लामा सार्वजनिक बिदा दिने निर्णय भएको गृह मन्त्रालयको सूचनामा उल्लेख गरिएको छ ।
छठको पर्वको अवसरमा भोलि देशैभर सार्वजनिक विदा दिइएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page