धर्म संस्कृति समाचार

छठ पर्व अन्तर्गत आज खरना मनाइँदै

सप्तरी, २ मंसिर । छठ पर्व अन्तर्गत आज साझ खरना विधि सम्पन्न भएको छ ।
आजको दिन साँझ चामल, सक्खर र दूध मिलाएर बनाएको खीर प्रसादको रुपमा ग्रहण गरी खरना मनाइन्छ । दिनभर उपबास बसेका छठ ब्रतालुले आज साँझ नियम निष्ठाकासाथ खीर बनाएर ग्रहण गर्दछन् ।
खीर प्रसादको रुपमा घरपरिवारका सदस्यहरुले ग्रहण गर्नुको साथै पर्व नहुनेको घरमा वितरण पनि गर्ने चलन छ ।
सन्तान एवं पारिवारिक सुखसमृद्धिको कामना गरी चारदिनसम्म मनाइने आस्थाको महापर्व छठ हिजो शुक्रबारदेखि नहाय खाय विधिबाट सुरु भएको छ । पहिलो दिन ब्रतालुहरुले नुहाएर अरबा अरबाइन एवं चोखो भोजन गर्छन् ।

व्रतीले करिब ४८ घण्टा भन्दा बढि समयसम्म निराहार बस्ने गर्दछन् । छठ अन्तर्गत भोली साँझ अस्ताउन लागेको सूर्यलाई पहिलो अर्घ दिने कार्यक्रम रहेको छ ।
पर्सि बिहान उदाउँदो सूर्यलाई पूनः अर्घ दिएर छठ व्रतको विधिवत् रुपमा समापन गरिन्छ ।
यस पर्वमा बाँसको ढाकी, डग्री, माटोको कोसिया कुरबार, हाती लगायतको सामग्रीहरु चढाइन्छ । त्यस्तै प्रसादको रुपमा ठकुवा, भुसुवा, केरा, खाजा, उखु, हल्दी, अदुवा एवं विविध प्रकारको मिठाइ तथा फलफूल सूर्य देवता अर्थात दिनानाथलाई चढाउने गरिन्छ ।
यसै बीच सप्तरीको ऐतिहासिक तथा धार्मिक महत्वका पोखरीको सरसफाई, पण्डालको निर्माणका साथै विजुली बत्ती जडान गरेर झकिझकाउ बनाइएको छ ।

This image has an empty alt attribute; its file name is 402131539_2539254206239373_5511854096589504142_n.png

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page