कोशी प्रदेश समाचार

लागुऔषध मुद्धाका फरार प्रतिवादी पक्राउ

?????????????????????????????????????????????????????????

बिराटनगर, ७ मंसिर । मोरङ प्रहरीले लागुऔषध मुद्धाका एक जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बिराटनगर १६ का ४५ वर्षीय नारायण यादव रहेका छन ।
मोरङ जिल्ला अदालतले यादवलाई लागुऔषध मुद्धामा ९ महिना कैद र ५ हजार रुपैँया नगद जरिवाना तोकेको थियो ।
फरार रहेका यादवलाई गाउँघरमा लुकिछिपी बसेको अवस्थामा फेला पारी ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
पक्राउ परेका यादवलाई सम्बन्धित जिल्ला अदालतमा उपस्थित गराईएकोमा तोकिएको कैद भुक्तानको लागि कारागार पठाईएको कोशी प्रदेश प्रहरी कार्यालय, बिराटनगरले जनाएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page