मधेस प्रदेश समाचार

सप्तरी युथ नेपालद्वारा स्वास्थ विज्ञान प्रतिष्ठान निर्माणको माग गर्दै प्रदर्शन

कञ्चनरुप, ११ मंसिर । सप्तरी युथ नेपालले रामराजाप्रसाद सिंह स्वास्थ विज्ञान प्रतिष्ठानको निर्माण कार्य अविल्म सुचारु गर्न माग गर्दै प्रदर्शन गरेको छ । सोमबार राजविराजमा र्‍याली प्रदर्शन गरी सरकारको ध्यानाकर्षण गराएका छन् ।
स्थानीय राज रंगशालाबाट निकालिएको युवाहरूको जुलुस नगरको विभिन्न भाग परिक्रमा गर्दै जनआन्दोलन चोकमा पुगि कोण सभामा परिणत भएको थियो ।
आन्दोलन परिचालन समितिका संयोजक सत्येन्द्र यादवको अध्यक्षतामा भएको कोण सभामा प्रतिस्ठान निर्माण स्थलमा रिले अनसन बसिरहेका राम कुमार दास, नेकपा एमालेका युवा नेता अखिलेश झा, सप्तरी युथका सदस्य मुस्तकिन आलम, सुरज यादव, बसन्त यादवसहितकाले मन्तव्य राख्दै सरकारलाई अबिलम्ब प्रतिष्ठान निर्माण सुरु गर्न आग्रह गरे । उनीहरूले काम शुरु नगरेसम्म आन्दोलन जारी राख्ने चेतावनी समेत दिए ।

सप्तरीको बिकासको निम्ति जिल्लाबासि एक हौँ, राजनीतिक भन्दा एक कदम अगाडी उठ अगाडी उठ भन्ने नाराहरु समेत लगाएका थिए ।
भोलि मंगलबार सिटि जुलुस कार्यक्रम रहेको र त्यसमा उपस्थितको लागि सबैलाई अनुरोध समेत गरेको छ ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलिले तराई–मधेशको स्वास्थ्य क्षेत्रमा अतुलनीय योगदान पुर्‍याउने हेतुले राजविराज नगरपालिका–१० बिरौलस्थित उक्त प्रतिष्ठान निर्माण गर्ने घोषणा गरेका थिए । ओलीले २०७८ साल असार २२ गते प्रतिष्ठानको भवन निर्माणको शिलान्यास भर्चुअल माध्यमबाट गरेका थिए ।
बोर्ड राख्ने, जग्गा तारजालीले घेरबार गर्ने र डिपिआर बनाउनेबाहेक प्रतिष्ठान निर्माणस्थलमा अन्य काम अघि बढ्न सकेको छैन् ।

   

You cannot copy content of this page