कोशी प्रदेश समाचार

बैंकिङ कसुर मुद्धाका फरार प्रतिवादी पक्राउ

तेह्रथुम, २३ मंसिर । तेह्रथुमबाट बैंकिङ कसुर मुद्धाका एक जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा तेह्रथुमको आठराई गाउँपालिका २ का ३९ वर्षीय शुसन चोङबाङ लिम्बु रहेका छन ।
लिम्बुलाई ईलाका प्रहरी कार्यालय आठराईबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा आठराई २ बाट पक्राउ गरेको हो ।
बैंकिङ कसुर मुद्धामा सम्मानित तेह्रथुम जिल्ला अदालतको मिति २०७९।०८।२६ गतेको फैसला आदेशले २ दिन कैद र नगद २ लाख रुपैया जरिवाना तोकिएको थियो ।
पक्राउ परेका उनलाई आईतबार सम्मानित तेह्रथुम जिल्ला अदालतमा दाखिला गराउने जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page