उदयपुर, २४ मंसिर । उदयपुरको बेलका नगरपालिकाबाट २ नाल भरुवा बन्दुक सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
बेलका नगरपालिका ४ स्थितबाट २ नाल भरुवा बन्दुक सहित ४७ वर्षीया दुर्गा विकलाई प्रहरीले पक्राउ गरेको हो।
अवैध रुपमा भरुवा बन्दुक लुकाईछिपाई राखेको भन्ने बिशेष सुचना प्राप्त हुनासाथ तत्काल ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट शनिवार साँझ खटिएको प्रहरी टोलीले विश्वकर्माको घर खानतासी गर्दा २ थान भरुवा बन्दुक बरामद गरेको थियो ।
प्रहरीले घटनाको आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।
उदयपुरको बेलकाबाट २ नाल भरुवा बन्दुकसहित ४७ वर्षीया दुर्गा पक्राउ














Add Comment