शिक्षा स्वास्थ्य

कञ्चनरुपमा विद्यालय क्षेत्रभित्र जंकफुड निषेधसहित ७ बुँदे घोषणा पत्र जारी गर्दै सम्मेलन सम्पन्न

कञ्चनरुप, ५ पुष । सप्तरीको कञ्चनरुप नगरपालिकामा ७ बुँदे घोषणा पत्र जारी गर्दै विद्यालयमा खानेपानी सरसफाइ तथा स्वच्छता सम्बन्धि सम्मेलन सम्पन्न भएको छ ।
कञ्चनरुप नगरपालिकाको आयोजना तथा युनिसेफ नेपालको सहयोगमा खानेपानी, सरसफाइ तथा स्वच्छता सम्बन्धि सम्मेलन बिहीवार सम्पन्न भएको हो ।
जारी ७ बुँदे घोषणा पत्रमा विद्यालय क्षेत्रको ५० मिटरको दायरामा मादक पदार्थ, पलाष्टिकजन्य, सुर्तीजन्य पदार्थ तथा जंकफुडलाई निषेधित गर्ने, पालिकाले खानेपानी,सरसफाइ ,तथा स्वच्छता सम्बन्धि ऎन चालु आर्थिक वर्षभित्र तयार गरि कार्यान्वयन गर्ने ,पालिकामा रहेका सबै विद्यालायहरुमा कम्तीमा आधारभूत तहको खानेपानी ,सरसफाइ तथा स्वच्छता सुविधा आर्थिक वर्ष २०८२÷०८३ सम्ममा सुनिश्चित गर्ने, पालिकामा भएको खानेपानी ,सरसफाइ तथा स्वच्छता योजनालाई पालिकाको वार्षिक रुपमा अधावधिक गर्ने ,उल्लेख गरिएको घोषणा पत्रलाई प्रथामिकीकरण गरि पालिकाको वार्षिक कार्य योजना र बजेटमा उल्लेख गरि भएका सबै प्रगतिलाई एेनवास एपलिकेशनमा अधावधिक गर्ने उल्लेख गरिएको छ ।

त्यसैगरी सबै विद्यालयहरुले विद्यालय खानेपानी ,सरसफाइ तथा स्वच्छता कार्यक्रमलाई विद्यालय सुधार योजनामा समावेश गर्ने , खानेपानी ,सरसफाइ तथा स्वच्छता प्रवर्द्धनमा अपुग स्रोत व्यवस्थापनका लागि संघ ,प्रदेश सरकार ,संयुक्त राष्ट्र संघीय निकाय,निजि ,वितिय क्षेत्र र अन्य सहयोगी संस्थाहरुसंग समन्वय र सहकार्य गर्ने र विद्यालय क्षेत्रको ५० मिटर दायरामा मादक पदार्थ ,सुर्तीजन्य ,प्लाष्टिकजन्य पदार्थ तथा जंक फुडलाई निषेधित गर्ने प्रतिबद्धता सहित सात बुँदे घोषणपत्र जारी गरेको नगरपालिकाले जनाएको छ ।

कञ्चनरुप नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम घिमिरेको अध्यक्षतामा तथा युनिसेफ काठमाडौँ कार्यालयका सिद्धि श्रेष्ठको प्रमुख आतिथ्यमा आयोजित सरसफाइ सम्मेलनमा पालिका भित्रका ३३ वटा सामुदायिक विद्यालयका प्रधानाध्यापक, शिक्षक, अभिभावक ,विद्यार्थीहरु, वडा अध्यक्षहरु, बैंकका प्रतिनिधिहरु र विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
कार्यक्रमको सहजीकरण युनिसेफका दिपक श्रेष्ठले गर्नुभएको थियो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page