कोशी प्रदेश समाचार समाज

चोरी मुद्दाका दुई जना फरार प्रतिवादी पक्राउ

बिराटनगर, २२ पुस । मोरङ प्रहरीले दुई जना फरार प्रतिवादीलाई आज (आइतबार) पक्राउ गरेको छ ।
फरार प्रतिवादी पक्राउ अभियान अन्तरगत कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको प्रादेशिक अनुसन्धान समुहबाट खटिएको प्रहरी टोलीले गाउँघरमा नै लुकिछीपी बसेको अवस्थामा बिराटनगर ५ का २५ वर्षीय प्रदिप कुमार राय र सोही मुद्दामा २१ वर्षीय दिपेश शर्मालाई पक्राउ गरेको हो ।
चोरी मुद्दामा सम्मानित मोरङ जिल्ला अदालतको मिति २०८०/०३/०७ गतेको फैसला आदेशले ३ दिन कैद र नगद ५ हजार जरिवाना तोकिएका राय र सोही मुद्दामा शर्मालाई ७ दिन कैद तथा नगद ५ हजार जरिवाना तोकिएको थियो ।
पक्राउ परेका दुबै जनालाई सम्मानित जिल्ला अदालतमा उपस्थित गराईएकोमा तोकिएको कैद भुक्तानको लागी मोरङ जिल्ला कारागार पठाइएको जनाइएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page