मधेस प्रदेश समाचार समाज

कञ्चनरुपमा २७ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा पण्डित पक्राउ

कञ्चनरुप, २१ पुस । महिलालाई बलात्कार गरेको आरोपमा सप्तरीको कञ्चनरुपबाट एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कञ्चनरुप नगरपालिका–५ पथरीका २८ वर्षीय श्यामसुन्दर पण्डित रहेका छन् ।
पण्डितलाई २७ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा बिहीवार पक्राउ गरिएको सप्तरी प्रहरीले जनाएको छ।
घटनाको ३ महिनादेखि फरार रहेका आरोपितलाई पक्राउ गरी अनुसन्धान अगाडि बढाइएको इलाका प्रहरी कार्यालय कञ्चनरुपले जनाएको छ । पीडितको घरकोठामा प्रवेश गरी आरोपितले भदौ २१ गते राति साढे ११ बजे बलात्कार गरेको भन्दै पीडितले इलाका प्रहरी कार्यालय कञ्चनरुपमा भदौ २२ गते उजुरी दिनुभएको थियो ।
इलाका प्रहरी कार्यालय कञ्चनरुपले भदौ २२ गते बलात्कारको उजुरी दर्ता गरेको थियो ।
पीडितको स्वास्थ्य परीक्षण गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा भदौ २२ गते भएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page