समाचार समाज

धर्मी हल्फाद्वारा ९ विपन्न मरिक परिवारलाई न्यानो लुगा वितरण

कञ्चनरुप, ५ माघ । धर्मी हल्फा महिला विकास क्लव लालापट्टी सप्तरीले चिसोबाट बच्नको लागि मरिक (डोम) समुदायलाई न्यानो लुगा वितरण गरेको छ ।
क्लबले शुक्रबार राजविराज नगरपालिका १२ सिनियौनका ९ विपन्न मरिक परिवारहरूलाई न्यानो लुगा वितरण गरेको हो ।
शितलहरबाट बच्नको लागि बल्याङ्केट ,भेस्ट, जीन्स, ट्राउजर आदि वितरण गरिएको क्लबका अध्यक्ष समाजसेवी इन्जिनियर सूर्य नारायण यादवले बताउनु भयो ।

कार्यक्रममा राजविराज नगरपालिका वडा नम्बर १२ का निवर्तमान वडा अध्यक्ष हरिहर यादव ,राप्रावि सिनियौनका शिक्षक ननु लाल‌ यादव , युगल यादव लगायतका व्यक्तिहरूको उपस्थिति रहेको थियो ।
क्लबले ठण्डी पीडित, बाढी पीडित, अग्नी पिडितसहितका आपतकालीन अवस्थामा रहेकाहरुलाई निरन्तर सहयोग गर्दै आएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page