मधेस प्रदेश समाचार

सप्तरीमा ५२ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा एक पक्राउ

राजविराज । सप्तरीमा ५२ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन । महिलालाई बलात्कार गरेको आरोपमा बोदे बर्साइन नगरपालिका–९ महनौरीका ३६ वर्षीय कामेश्वर मण्डल पक्राउ परेका हुन ।
घरकोठामा सुतिरहेका बेला पुस २९ गते राति आरोपितले बलात्कार गरेको भन्दै पीडितले इलाका प्रहरी कार्यालय कडरबोनामा माघ २ गते उजुरी दिएकी थिइन् । पीडितको स्वास्थ्य परीक्षण सिरहाको लहानस्थित प्रादेशिक अस्पतालमा माघ १ गते भयो ।
बोदे बर्साइन नगरपालिका–९ महनौरीस्थित घरटोलबाटै पक्राउ परेका थिए । आरोपितविरुद्ध इलाका प्रहरी कार्यालय कडरबोनाले माघ २ गते उजुरी दर्ता गरेको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page