मधेस प्रदेश समाचार

कृषि विश्वविद्यालय राजविराजमा लागेको ताला १८ दिनपछि खुल्यो

राजविराज । सप्तरीको राजविराजस्थित मधेश कृषि विश्वविद्यालयमा जनमत पार्टीले लगाएको ताला खुलेको छ । स्थानीय प्रशासनको रोहबरमा बिहीबार बसेको सर्वदलीय बैठकपछि उक्त ताल खुलाइएको हो ।
विश्वविद्यालयको प्रशासनिक भवन शिलान्याससम्बन्धमा विवाद भएपछि जनमत पार्टीले गत माघ ७ गते तालाबन्दी गरेको थियो । उक्त तालाबन्दी १८ दिनपछि खुलेको हो ।
विश्वविद्यालयले आगामी दिनमा गर्ने कार्यहरु सहमतिको आधारमा गर्नुपर्ने तथा जनमत पार्टीले उठाएको ७ सुत्रीय माग एक महिना भित्र सर्वपक्षीय भेला बोलाएर सार्वजनिक गर्ने सहमतिपछि ताला खोलिएको विश्वविद्यालयजनाएको छ ।
तालाबन्दीको कारण विद्यार्थीहरू दैनिक रूपमा हुने पठनपाठनबाट वञ्चित थिए भने नयाँ विद्यार्थी भर्नाको काम समेत प्रभावित बनेको थियो। उक्त विश्वविद्यालयमा कृषि विज्ञानको स्नातक द्वितीय वर्षमा हाल ५० जना विद्यार्थी अध्ययनरत रहेको र ५० जना नयाँ भर्नाको क्रम बढाइएको उपकुलपति बैद्यनाथ महतोले जानकारी दिए ।

विश्वविद्यालयमा दलिय क्रुरुता बन्द गर्नुपर्ने, गैर बैधानिक कार्यमा रोक लगाउनुपर्ने,विश्व विद्यालयको डि ।पि ।आर।मा भएको भ्रष्टाचारको छानवीन गर्नुपर्ने, ठेक्कापटामा भइरहेको मिलोमतो बन्द गर्नुपर्ने, परीक्षा बोर्ड विनाको लिएको परिक्षाको छानबिन गर्नुपर्ने, नियुक्तिमा राजनीतिककरण बन्द गर्नुपर्ने, ऎन कानुनलाई पुर्ण रुपमा कार्यान्वयन गर्नुपर्ने माग उठाउँदै जनमत पार्टीले विश्वविद्यालयको कार्यालयमा अनिश्चितकालीन तालाबन्दी गरेको थियो ।
कृषि विज्ञान, पशु, स्वास्थ्य तथा पशु विज्ञान, माछा विज्ञान र खाद्यप्रविधि विज्ञान गरी चार वटा संकाय रहने मधेस कृषि विश्वविद्यालयको स्थापना २०७८ मङ्सिर २७ गते भएको हो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page