मधेस प्रदेश राजनीति

स्वतन्त्र सांसद अनिरूद्ध प्रसाद सिंह यादव जसपामा प्रवेश

सप्तरी, २७ माघ । सप्तरी निर्वाचन क्षेत्र ४ (ख) बाट प्रदेश सभा सदस्यमा निर्वाचित सांसद अनिरूद्ध प्रसादसिंह यादव जनता समाजवादी पार्टीमा प्रवेश गर्नुभएको छ । बोदेबर्साइनमा शनिबार आयोजित एक समारोहका विच साँसद यादव जसपामा प्रवेश गर्नुभएको हो ।
जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव, मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादव, राष्ट्रिय सभा सदस्य मृगेन्द्र कुमार सिंह यादवले प्रदेश सभा सदस्य सिंहलाई गम्छा, माला र टिका लगाएर पार्टीमा स्वागत गर्नुभयो ।
पछिल्लो निर्वाचनमा जसपाबाट टिकट नपाएपछि उहाँ स्वतन्त्र उम्मेदवार भई ९ हजार ९ सय ८५ मत प्राप्त गरी प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको थियो । उहाँका निटतम प्रतिद्वन्द्वी जसपाका उम्मेदवार अभिषेक यादवले ७ हजार ९ सय २० मत प्राप्त गर्नुभएको थियो ।
योसँगै मधेश प्रदेश सभामा जसपा नेपालका प्रदेश सभा सदस्य सङ्ख्या १९ पुगेको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page