कञ्चनरुप, ५फागुन । नेकपा एमाले सप्तरी क्षेत्र नम्बर १ को आयोजनामा शनिबार कञ्चनरुप १२ धरमपुरमा रहेको धर्मेश्वर महादेव धारापानी पर्यटन क्षेत्रमा बृहत वनभोज कार्यक्रम सम्पन्न भएको छ ।
पार्टीलाइ सुदृढ बनाएर अगाडि बढनका लागि कार्यकर्तालाई प्रशिक्षण दिनको लागि वनभोज कार्यक्रमको आयोजना गरिएको एमालेले जनाएको छ । वनभोज कार्यक्रममा केन्द्रिय , मधेस प्रदेश कमिटी , जिल्ला , क्षेत्रीय कमिटीका नेता तथा कार्यकर्ताहरुको बाक्लो उपस्थिति रहेको थियो ।
नेकपा एमालेका पोलिटब्युरो सदस्य सुमनराज प्याकुरेलले मिसन ०८४ लाई सफल बनाउन गाउँदेखि जिल्ल्लासम्म संगठनलाई चुस्त दुरुस्त बनाइ पार्टी संगठन लाई मजबुत बनाउनु पर्नेमा जोड दिए ।
एमाले सरकारको पालामा धर्मेश्वर धारापानी पर्यटन क्षेत्रलाई नेपाल कै नमूना पर्यटन क्षेत्र बनाउने गरि कार्यक्रम ल्याएको जानकारी गराउँदै देशको बिकास एमाले बाहेक अरुले गर्न नसक्ने बताए ।
नेकपा एमालेका केन्द्रिय सदस्य एवं मधेस प्रदेशका सांसद पुर्व मन्त्री राजकुमार लेखिले एमालेका कार्यकर्ताहरुले इमान्दारी पुर्वक पार्टीको संगठनलाई मजबुत बनाउनु पर्नेमा जोड दिए । शिक्षा , स्वास्थ , कृषि , सडक जस्ता बिकास निर्माण लगायतका कार्यमा आफ्नो तर्फबाट सहयोग गर्ने जानकारी गराए ।
नेकपा एमाले मधेस प्रदेश कमिटी सदस्यद्वय एवं पुर्व नगर प्रमुख बसन्त मिश्र , उत्तम कुमार शर्मा गौतम , नेकपा एमाले सप्तरी जिल्ला कमिटी अध्यक्ष ताराकान्त चौधरी लगायतका वक्ताहरूले यस पर्यटन क्षेत्रको बिकासमा सबै एकजुट भइ नमूना बनाउनु पर्ने बताए ।
सोहि अवसरमा पुर्व पिप्रा ,धरमपुर , घोघनपुर मध्यवर्ति क्षेत्रका अध्यक्ष जयकान्त चौधरी लगायत २५ जना नेपाली कांग्रेस परित्याग गरि एमालेमा प्रवेश गरेका थिए ।
नव प्रवेसिहरुलाई एमालेका पोलिटब्युरो सदस्य प्याकुरेलले अबिरको टिका लगाएर पार्टीमा स्वागत गरेका थिए ।
Add Comment