खेलकुद समाचार

जिल्ला ब्याटमिन्टन संघ सप्तरीको अध्यक्षमा दीपक कार्की

कञ्चनरुप, ५ फागुन । जिल्ला व्याड्मिन्टन संघ सप्तरीको नयाँ जिल्ला कार्यसमिति चयन गरिएको छ ।
शनिवार भएको संघको जिल्ला अधिवेशनले दीपक कार्कीको अध्यक्षतामा १५ सदस्यीय नयाँ समिति चयन गरिएको हो ।
नवगठीत संघको वरिष्ठ उपाध्यक्षमा दीपक कुमार खड्का, उपाध्यक्षमा दीपेश कुमार चौधरी, खगेन्द्र कार्की र सुशिल कुमार मण्डल सर्वसम्मत चयन भएका छन् । त्यस्तै सचिवमा बिष्णु कुमार यादव, सह सचिवमा रजाउल हक र कोषाध्यक्षमा प्रमिला परियारलाई चयन गरिएको छ ।
सदस्यहरुमा निरन्जन यादव, मदन यादव, रवीकृष्ण राउत, योगेन्द्र प्रसाद चौधरी, किशोर चौधरी, सलिना राउत र नवराज खत्रीलाई चयन गरिएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page