कोशी प्रदेश समाचार

भद्रपुरबाट ब्राउन सुगर सहित २० वर्षीय राजबंशी पक्राउ

झापा, १० फागुन । भद्रपुरबाट प्रहरीले लागूऔषध ब्राउन सुगर सहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापाको विर्तामोड नगरपलिका वडा नम्बर ०५ भद्रपुरका २० वर्षीय राज राजबंशी रहेका छन् ।
इलाका प्रहरी कार्यालय अनारमनी झापाबाट खटिएको प्रहरी टोलीले बुधबार दिउसो पौने २ बजे राजबंशीलाई लागुऔषध ब्राउन सुगर १ ग्राम ३३० मिलिग्राम सहित पक्राउ गरेको थियो ।
पक्राउ परेका राजबंशीको थप अनुसन्धान भईरहेको झापा प्रहरीले जनाएको छ ।

   

You cannot copy content of this page