मधेस प्रदेश समाचार

सप्तरीमा अपाङ्गता बालिका बलात्कार घटनाका आरोपित डाक्नेश्वरीका साबिर पक्राउ

मनोहर पोखरेल /
राजविराज, ११ फागुन । सप्तरीमा बोल्न नसक्ने अपाङ्गता भएकी १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।
बलात्कार गरेको आरोपमा डाक्नेश्वरी नगरपालिका–५ पातोका २६ वर्षीय मो साबिरलाई प्रहरीले पक्राउ गरेको हो ।
आरोपितलाई फागुन १० गते राति उनकै घरबाट गिरफ्तार गरी फागुन ११ गते उजुरी दर्ता गरेर कारवाही थालिएको इलाका प्रहरी कार्यालय कल्याणपुरका इन्स्पेक्टर शुभेश अधिकारीले बताउनु भयो ।
डाक्नेश्वरी नगरपालिका–२ गोबिन्दपुर स्थित फूलबारीमा लगेर फागुन ९ गते राति आरोपितले बलात्कार गरेको भन्दै पीडितकी आमाले इलाका प्रहरी कार्यालय कल्याणपुरमा फागुन १० गते उजुरी दिनु भएको छ ।
पीडितको गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा फागुन १० गते स्वास्थ्य परीक्षण भएको छ ।
साबिर विरुद्ध इलाका प्रहरी कार्यालय कल्याणपुरले फागुन ११ गते उजुरी दर्ता गरेको थियो ।

   

You cannot copy content of this page