मधेस प्रदेश समाचार

सप्तरीबाट ४ लाख बराबरको मोबाइल फोन (आइफोन) सहित एक युवक पक्राउ

कञ्चनरूप , १३ फागुन । सप्तरीबाट सशस्त्र प्रहरीले ४ लाख बराबरको मोबाइल फोन सहित एक युवकलाई शनिबार बेलुका पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा जिल्लाको सुरुङ्गा नगरपालिका ५ बस्ने बर्ष १९ को उमर फारुक आलम रहेका छन् ।
सशस्त्र प्रहरी बल नेपाल बिओपी बेल्ही सप्तरीबाट खटिएको डिउटि टोलिले बलानबिहुल गाउँपालिका वडा नम्बर ४ बोर्डर ईलाका स्थित भारतबाट मोटरसाइकलमा सवार आलमलाई चेकजाँच गर्दा निजले बोकेको झोलामा अबैध ४ लाख २० हजार बराबरको मोबाइल बरामद गरेको हो ।
आालमको साथबाट ४ थान विभिन्न मोडेलका आइफोन, सामसुङ मोबाइल थान १, निज ब्यक्ती सवार मोटरसाइकल बरामद गरेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ६ गण हेडक्वाटर सप्तरीका सूचना अधिकारी सशस्त्र प्रहरि नायब उपरीक्षक मोहनराज बिष्टले जानकारी दिनुभयो ।
बरामद सामान र ब्यक्ति सहित नियन्त्रण लिइ आवश्यक कारबाहीको लागि आइतबार राजबिराज भन्सार कार्यालय बेल्ही सप्तरीमा बुझाइएको सशस्त्र प्रहरि नायब उपरीक्षक बिष्टले बताउनुभयो ।

   

You cannot copy content of this page