मधेस प्रदेश समाचार समाज

सवारी ज्यान मुद्धामा ३ बर्ष कैद भई फरार रहेका मण्डल पक्राउ

कञ्चनरुप, १५ फागुन । सप्तरी प्रहरीले सवारी ज्यान मुद्धामा ३ बर्ष कैद भई फरार रहेका एक पुरुषलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको तिलाठी कोईलाडि गाउँपालिका वडा नम्बर ७ बस्ने जगदिश कुमार मण्डल रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको प्रहरी टोलिले फरार रहेका मण्डललाई खोजतलासका क्रममा गाँउ घरमा लुकिछिपि बसेको अवस्थाबाट पक्राउ गरेको हो ।
सम्मानित सप्तरी जिल्ला अदालत राजविराजबाट सवारी ज्यान मुद्धामा ३ बर्ष कैद र रु. ३२ हजार (बत्तीस हजार) जरिवाना तोकेको थियो । कैद जरिवाना तोकि वरदात पश्चात फरार रहेका थिए ।
मण्डललाई पक्राउ गरी आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको सप्तरी सुचना अधिकारी प्रहरी नायव उपरीक्षक ढुण्डीराज न्यौपानेले जानकारी दिनुभयो ।

   

You cannot copy content of this page