मधेस प्रदेश समाचार

सप्तरीमा भर्‍याङबाट लडेर सहायक प्रहरी हवल्दार सिंहको मृत्यु

कञ्चनरुप , २३ फागुन । सप्तरीमा भर्‍याङबाट लडेर सहायक प्रहरी हवल्दारको मृत्यु भएको छ । मृत्यु हुनेमा सर्लाही बलरा नगरपालिका १० सिंह टोल घर भई ईलाका प्रहरी कार्यालय बोदे बरसाईनमा कार्यरत ३३ वर्षीय सहायक प्रहरी हवल्दार कृष्ण मोहन सिंह रहेका छन ।
राति १० बजे डियुटी सकेर आफ्नो कोठामा सुतेका सिंह अचानक बुधबार विहान ३स्४० मा भर्‍याङबाट लडेर तल झरेको इलाका प्रहरी कार्यालय बोदेबर्साईनले जनाएको छ ।
डियुटीमा रहेका सेन्ट्रीले आवज सुनेपछि तत्कालै स्थानीय जीवन ज्योति हस्पिटल प्रालिमा उपचारका लागि भर्ना गरिएपनि त्यहाँ उपचार सम्भव नभएपछि तत्कालै छिन्नमस्ता हस्पिटल राजविराज पठाएकोमा हस्पिटलले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
प्रहरी चौकी बिसनपुर सप्तरीमा दरबन्दी भइ सिंह इलाका प्रहरी कार्यालय बोदेबर्साइनमा कार्यरत थिए ।
मृतक सहायक प्रहरी हवल्दारको शव राजविराज स्थित गजेन्द्रनारायण सिंह अस्पतालमा रहेको तथा आफन्त आएपछि पोस्टमार्टम गराएर जिम्मा लगाउने जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
घटना बारे थप अनुसन्धान भईरहेको जनाइएको छ ।

   

You cannot copy content of this page