मधेस प्रदेश समाचार समाज

सप्तरीबाट चोरी मुद्वाका फरार आरोपित पक्राउ

कञ्चनरुप, ७ चैत्र । सप्तरी प्रहरीले चोरी मुद्दामा कैद र जरिवाना फैसला भइ फरार रहेका एक पुरुषलाई बुधबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा राजविराज नगरपालिका वडा नं १३ बिसहरिया बस्ने ५० वर्षीय राम कुमार राम रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको प्रहरी टोलिले रामलाई गाँउ घरमा लुकिछिपि बसेको अवस्थाबाट पक्राउ गरेको हो ।
सप्तरी जिल्ला अदालत राजविराजले चोरी मुद्वामा उनीविरुद्ध रु. ५ हजार रुपैयाँ जरिवाना र २० दिन कैद सजाय सुनाएको थियो ।
पक्राउ परेका उनलाई फैसला कार्यान्वयनको लागि सम्मानित सप्तरी जिल्ला अदालत, राजविराजमा दाखिला गराइएको सप्तरी प्रहरीका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायव उपरीक्षक ढुण्डीराज न्यौपाने जानकारी दिनुभयो ।

   

You cannot copy content of this page