मधेस प्रदेश समाचार समाज

सप्तरीमा बन्चरो प्रहार गरि छोराले गरे बुवाको हत्या

कञ्चनरुप, ७ चैत्र । सप्तरीको सप्तकोसी नगरपालिका ३ सखवनी नयाँ बस्तीमा बुधबार बन्चरो प्रहार गरि छोराले बुबाको हत्या गरेका छन । स्थानीय २२ वर्षीय लालदेव सदाले बन्चरो प्रहार गरी ४५ वर्षीय बुबा हिराई सदाको हत्या गरेका हुन् ।
बिहान ८ बजेतिर घरायसी विवादमा बन्चरो प्रहार गर्दा हिराईको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
आरोपी लालदेवले छिमेकी ६५ वर्षीय दसन सदालाई पनि बन्चरो प्रहार गरेका थिए । बन्चरो प्रहारले उनको टाउको र हातमा चोट लागेको छ । उनको फतेपुरस्थित अस्पतालमा उपचार भइरहेको सप्तरीका प्रहरी प्रबक्ता डिएसपी ढुण्डीराज न्यौपानेले जानकारी दिनुभयो ।
दुईजना छिमेकीलाई कुटपिट गरी टाउको फुटाएको आरोपमा इलाका प्रहरी कार्यालय कञ्चनरुपको हिरासतमा रहेका लालदेव मंगलबार मात्रै छुटेर घर आएका थिए । स्थानीय जनप्रतिनिधिका अनुसार करिब २४ घण्टा प्रहरी नियन्त्रणमा रहेर छुटेका उनले थुनामा बस्नु परेको रिसमा बुबाको हत्या गरेको जनाइएको छ ।
आरोपी लालदेवलाई बन्चरोसहित नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको डिएसपी न्यौपानेले बताउनुभयो ।

   

You cannot copy content of this page