मधेस प्रदेश राजनीति

मधेश सरकारमा थपिए ३ मन्त्री , राजकुमार लेखी गृह, सञ्चार तथा कानुन मन्त्री

कञ्चनरुप, १०, चैत्र । नेकपा एमालेका नेता एवं पूर्व कानुन मन्त्री एवं मधेश प्रदेश साँसद राज कुमार लेखी मधेश प्रदेशको गृह, सञ्चार तथा कानुनमन्त्री नियुक्त हुनुभएको छ ।
मधेस प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवको सिफारिसमा शनिबार प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले संविधानको धारा १६८ को उपधारा ९ बमोजिम लेखीसहित ४ जनालाई मन्त्री नियुक्त गर्नुभएको हो ।
नव नियुक्त मन्त्रीहरुमा सप्तरी १ (क) बाट निर्वाचित प्रदेश सभा सदस्य राजकुमार लेखीले गृह, सञ्चार तथा कानून, शत्रुधन सिंहले स्वास्थ्य तथा जनसंख्या मन्त्री र एमालेमा प्रवेश गरेका प्रमोद जयसवालले शिक्षा तथा संस्कृति मन्त्रीको रुपमा शपथ लिएका हुन्।
यस्तै, केशव रायले स्वास्थ्य तथा जनसंख्या राज्य मन्त्रीको रुपमा शपथ लिएका छन् ।

पदभार ग्रहण गर्दै गृह, सञ्चार तथा कानुन मन्त्री लेखीले मधेश प्रदेशमा सूचनाको हकको पूर्ण कार्यान्वयन गराउने निर्णय गर्नुभएको छ ।
पदभार ग्रहण गर्नेक्रममा लेखीले नागरिकको सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर सरकारले काम गर्ने बताउनुभएको छ । मन्त्री लेखीले नागरिकको सुरक्षा, सूचनाको हक, सञ्चार क्षेत्रमा रहेका समस्याको समाधान गरी कानुन निर्माणमा आफूले काम गर्ने प्रतिवद्धता जनाउनुभयो ।

मधेश प्रदेशमा बाढी पहिरो, शितलहरजस्ता दैवीप्रकोपको उच्चजोखिम रहेको भन्दै मन्त्री लेखीले दैवीप्रकोपबाट हुनसक्ने क्षति हुन नदिन प्रदेश सरकारले पूर्वतयारी थाल्ने बताउनुभयो ।

   

You cannot copy content of this page