कोशी प्रदेश समाचार समाज

मोवाइल चार्ज गर्दा करेन्ट लागेर ८ वर्षीय बालकको मृत्यु

तेह्रथुम, ०९ बैशाख । तेह्रथुममा मोवाइल चार्ज गर्दा करेन्ट लागेर एक ८ वर्षीय बालकको मृत्यु भएको छ । तेह्रथुमको लालीगुराँस नगरपालिका ५ दागपा स्थितमा मोवाइल चार्ज गर्दा करेन्ट लागेर बालकको मृत्यु भएको हो ।
शनिबार राती साढे ७ बजे स्थानीय कालु बहादुर लिम्बुको ८ वर्षीय छोरा सुदिप लिम्बुलाई आफ्नै घरको कोठामा मोवाइल चार्ज गर्ने क्रममा लाइनमा जोडेको मल्टिप्लक सर्ट भई करेन्ट लागेको थियो । करेन्ट लागेर घाईते भएका बालकको उपचारको लागि ल्याउने क्रममा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।
घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

   

You cannot copy content of this page