मधेस प्रदेश समाचार समाज

रौतहटमा आगलागीबाट ७ घर जलेर नष्ट, १६ लाख ९० हजार बराबरको क्षति

रौतहट । रौतहटको देवाही गोनाही– १ करुनीया टोल स्थित आगलागीबाट ७ वटा घर जलेर नष्ट भएको छ । मंगलबार दिउँसो विद्युत सर्ट भई आगलागी हुँदा ७ घर जल्दा लाखौँको क्षति भएको हो ।
विद्युतको तार सर्ट भएर आगलागी हुँदा स्थानीय साबिर हुसेन, नजारुल अन्सारी, अन्सारुल अन्सारी, ईद महमद, मजिद अन्सारी, सोभराती अन्सार, अलिशेर अन्सारको घरमा रहेका अन्न, लत्ताकपडा, भाडा, नगदसहितका सामानहरू जलेर नष्ट हुँदा करिब १६ लाख ९० हजार मूल्य बराबरको क्षति भएको रौतहट प्रहरीले जनाएको छ ।
देवाही गोनाही सुरक्षा बेस क्याम्प र इलाका प्रहरी कार्यालय देवाहीबाट खटिएका सुरक्षाकर्मीहरू, स्थानीय बासिन्दाहरू तथा गौर नगरपालिकाबाट गएको बारुणयन्त्रको सहयोगले दिउँसो साढे ३ बजे सल्किएको आगो करिब ५ बजे नियन्त्रणमा आएको थियो ।

   

You cannot copy content of this page