मधेस प्रदेश समाचार समाज

हातहतियार राख्न इजाजत पत्र व्यक्ति वा संघसस्थालाई ३५ दिनभित्र उपस्थित हुन आदेश

कञ्चनरुप, १३ वैशाख ।
जिल्ला प्रशासन कार्यालय सप्तरीले हातहतियार राख्न इजाजत पत्र व्यक्ति वा संघसस्थालाई ३५ दिनभित्र अनिवार्य उपस्थित हुन आदेश दिएको छ ।
गृह मन्त्रालयको पछिल्लो निर्देशन अनुसार सप्तरी प्रशासनले हातहतियार राख्न इजाजत पत्र प्राप्त व्यक्ति संस्थाहरुले नियमानुसार नवीकरण गर्नुपर्नेमा कतिपय इजाजत प्राप्त व्यक्तिसंस्थाले नवीकरण गराएको अभिलेखबाट नदेखिएको हुँदा सूचना प्रकाशित भएको मितिले ३५ दिन भित्र इजाजत पत्र सहित कार्यालयमा अनिवार्य रुपमा उपस्थित हुँन अनुरोध गरेको छ ।
जिल्ला प्रशासन कार्यालय सप्तरीका प्रशासकीय अधिकृत भिमराज बस्नेतद्वारा जारी गरिएको सूचनामा इजाजत लिएकाहरूलाई हतियारसहित नवीकरणका लागि कार्यालयमा आउन ३५ दिनको समय दिइएको छ ।
पछिल्लो समय हातहतियार इजाजत प्राप्त व्यक्तिले मात्र प्रयोग गर्नुपर्नेमा अन्य व्यक्तिले पनि प्रयोग गरेको हुन सक्ने, हतियारको दुरुपयोग भएको हुन सक्ने आशङ्का बढेकाले इजाजत प्राप्त हतियारको दुरुस्तता जाँच गर्नुपर्ने देखिएको कार्यालयले जनाएको छ ।
जारी गरिएको सूचनामा इजाजत पत्र प्राप्त हातहतियार सम्बन्धित व्यक्तिले आफ्नो साथ मात्र राख्ने, हातिहतियारको अनाधिकृत प्रयोग हुन गर्न नदिने, नवीकरण गरिएका हातहतियार सम्बन्धित जिल्ला बाहेक अन्यत्र नलैजाने उल्लेख छ ।
प्रशासनले पाँच बर्ष भन्दा बढी समयदेखि नवीकरण हुन नसकेका इजाजत प्राप्त हतियार नजिकको ईलाका प्रहरी कार्यालय वा जिल्ला प्रहरी कार्यालयमा बुझाइ भरपाई लिन अल्टिमेटम समेत दिएको छ ।
साथै सूचनाको बरखिलाप गरेमा प्रचलित कानून बमोजिम कारवाही हुने व्यहोरा समेत प्रशासकिय अधिकृत बस्नेतद्वारा जारी सूचनामा उल्लेख छ ।

   

You cannot copy content of this page